२०८० का लागि भर्ना खुल्यो !!!

मिति : २०७९/१२/२८

आदरणीय अभिभावक ज्यू,

नमस्कार !

सधाझै यस स्कूलको शैक्षिक र्ष सफलतापूर्वक सम्पन्न गराउन,हाँहरुले यस स्कुल तथा आफना बालबालिकाहरुलाई दिनु भएको निरन्तर साथ, सुझाव, सहयोग तथा अतुलनीय योगदानप्रत्ति, न्यू मालश्री स्कूल परिवारका तर्फबाट यहाँहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौ र आगामी दिनहरुमा पनि यस्तै निरन्तर साथको अपेक्षा गर्दछौँ साथै २०८० वैशाख ०१ गते देखि २०८० बैशाख १२ गते सम्म विद्यालय बन्द रहने र २०८० बैशाख २ गते शनिवार अन्तिम त्रैमासिक परीक्षा -२०७९ को, परीक्षा–फल (Result), दिउँसो १२ बजे  देखि ०४ बजे सम्म हुने भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।  

नयाँ शैक्षिकसत्र २०८० को लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थी -भर्ना चलिरहेकोले, यस  भर्ना अभियानलाई सफल बनाउन तपाई स्वयम्, तपाईका आफन्त, छर-छिमेकी तथा विद्यालयका शुभेच्छुकका नानी-बाबुहरुलाई भर्ना गराई सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दै  आफ्नो बालबालिकाहरुलाई मिति २०८० बैशाख १ गते देखि गते भित्र नयाँ भर्ना गराउनु भएमा, नयाँ भर्ना तथा वार्षिक शुल्कमा २० प्रतिशत छुट हुने र यो अन्तिम त्रैमासिक परीक्षा – २०७९ को परीक्षाफल (Result)  दिन (२०८० बैशाख २ गते) मा भर्ना गराउनु भएमा, नयाँ भर्ना तथा वार्षिक शुल्कमा २५ प्रतिशत छुट गरिने जानकारी गराइन्छ \ प्रथम आउनेलाई मासिक शुल्कमा ५० प्रतिशत, दोश्रो आउनेलाई मासिक शुल्कमा ३० प्रतिशत र तेश्रो आउनेलाई मासिक शुल्कमा २० प्रतिशत (एल.के.जी देखि कक्षा ७ सम्म) छुट गरिने व्यहोरा समेत जानकारी गराइन्छ \

आगामी शैक्षिक र्षमा पनि स्कूलले शैक्षिक ज्ञान मात्र प्रदान नगरी विभिन्न विषयमा ज्ञान तथा सिप प्रदान गर्ने लक्ष्य राख्दै, न्यू मालश्री इङ्लिस स्कूलको तर्फ बाट, नयाँ र्ष २०८० सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण अभिभावक तथा हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।

धन्यवाद

न्यू मालश्री इङ्लिस स्कूल ।